लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने बताएका छन् ।
एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको आज बुटवलमा सम्पन्न बैठकमा उनले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।
नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्याङ्कन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राखे । उनले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्त्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताए ।
बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया