आन्तरिक र बाह्य कारणले पार्टी कठिन अवस्थामा छ : प्रदीप ज्ञवाली

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अहिले इतिहासकै चुनौतीपूर्ण चरणबाट गुज्रिरहेको बताएका छन् । 

हालको राजनीतिक परिणाम र आन्तरिक बहसका बिच उनले नेताहरूलाई एक अर्कामाथि दोषारोपण नगर्न आग्रह गरेका छन् ।

उनले पार्टीको वर्तमान संकटको पछाडि आन्तरिक र बाह्य कारणहरू रहेको बताउँदै केही विषयमा समयमै सुधार गर्न सकिने अवसर भए पनि पर्याप्त पहल हुन नसकेको उनको भनाइ छ ।

ज्ञवालीले नीतिगत, संरचनागत र कार्यशैलीसँग सम्बन्धित विषयमा गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गर्दै भने, ‘वस्तुनिष्ठ विश्लेषणबाट मात्र पार्टीलाई संकटबाट अघि बढाउने मार्ग तय गर्न सकिन्छ ।’

उनले  समीक्षा प्रक्रियाबाट पन्छिएर अरूलाई मात्र दोष दिनु भनेको संकटलाई अझ गहिरो बनाउनु रहेको बताए । साथै उनले यो समस्या केवल कम्युनिस्ट आन्दोलनको मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनको चुनौतीको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

ज्ञवालीले पार्टीभित्र समस्या समाधानका लागि सामूहिक आत्मसमीक्षा गर्दै साझा निर्णय प्रक्रियालाई बलियो बनाउने आवश्यकतामा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?