काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माण र सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले नेता–कार्यकर्तालाई एकताबद्ध भएर संगठन बलियो बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।
चालिसेका अनुसार, एक चुनावी परिणामले नेपाली कांग्रेसजस्तो लामो इतिहास बोकेको दललाई कमजोर बनाउन सक्दैन ।
उनले कांग्रेसलाई आँधीबेहरीमा पनि अडिग रहने चट्टानमाथिको रूखसँग तुलना गर्दै, पार्टीले कठिन परिस्थितिमा पनि आफ्नो अस्तित्व जोगाइरहेको बताएका छन् ।
उनले वर्तमान अवस्थालाई पार्टीलाई अझ व्यवस्थित र परिपक्व बनाउने अवसरको रूपमा हेरिएको उल्लेख गर्दै, संगठनलाई बलियो बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । आगामी निर्वाचनको तयारी अहिलेबाटै सुरु गर्न आवश्यक रहेको पनि उनले बताए ।
चालिसेले भने, ‘राजनीतिक प्रतिस्पर्धामा विपक्षी दलले आलोचना र आक्रमण गर्नु स्वाभाविक भए पनि कांग्रेसले त्यसतर्फ बढी ध्यान नदिई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुनुपर्छ ।’
उनी थपे, ‘नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक नेतृत्व गरेको छ र आगामी दिनमा पनि देशको नेतृत्व गर्नेछ। पार्टी पुनः संगठित भएर आगामी चुनावमा सफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया