ज्ञानेन्द्र शाहीको चुनाव खर्च कति ?

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्यक्ष निर्वाचित एक मात्र प्रतिनिधि सभा सदस्य रहेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले चुनावको खर्च विवरण सार्वजनिक गरेका छन् ।

शाहीले फागुन २१ को निर्वाचनको दौरानमा आफूले २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

शाहीले मनोनय दर्ताका लागि १० हजारसहित सवारीसाधन र पेट्रोलियम पदार्थ लगायतको व्यवस्थापनका लागि ५ लाख ९० हजार खर्च गरेका छन् । त्यस्तै पालिका स्तरीय घरदैलोको लागि २ लाख ८० हजार रुपैयाँ, झण्डा ब्यानर नमुना मतपत्र, पोस्टर लगायत प्रचारप्रसार सामग्रीको लागि २ लाख २० हजार रुपैयाँ खर्च लागेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?