निर्वाचनमा अनुशासन उल्लंघन गर्नेलाई कांग्रेसले कारबाही गर्ने

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघन गर्ने पार्टीका नेता कार्यकर्ताहरुबारे अनुसन्धान थालेको छ ।

निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई असहयोग गर्नेदेखि अनुशासनविहीन काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको हो ।

आज बसेको कांग्रेसको अनुशासन समितिको बैठकले सो निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरुको प्रारम्भिक अध्ययन गर्ने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

त्यस्तै केन्द्रीय कार्यालयको सहसचिव दिनेश थापामगरलाई अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?