काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीता मोहनप्रसाद ओलीको निधनप्रति रास्वपा सभापति रवि लामिछानेले दुख व्यक्त गरेका छन् ।
ओली पीता मोहनप्रसादको आज ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
सामाजिक सञ्जाल एक्समा लेख्दै लामिछानेले दुख व्यक्त गरेका छन् ।
‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पुजनिय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ ।
यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु,’ लामिछानेले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया