काठले च्यापिएर एक जनाको मृत्यु

लोकपथ
91
Shares

रुकुम पश्चिम ।  जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर  एक जनाको मृत्यु भएको छ । 

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको  मृत्यु भएको हो । 

काठको गेली पल्टाउने क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?