बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।
भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए ।
बिहीबार बिहान मृत फेला परेकी महरको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया