काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।
उनको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मोहनप्रसाद ओली केही समययता अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओलीको गुण्डु (भक्तपुर) स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया