महावीर पुनले चुनावमा कति गरे खर्च ?

लोकपथ
63
Shares

म्याग्दी । म्याग्दी क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँभन्दा बढी गरेको विवरण निर्वाचन आयोगमा पेस गरेको छ ।

निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार, मनोनयन दर्ता शुल्कमा १० हजार, मतदाता नामावली खरिदमा तीन हजार, नमुना मतपत्र सामग्री छपाइमा २ लाख ९० हजार ५९५ रुपैयाँ खर्च भएको छ ।

प्रचारप्रसारको क्रममा यातायात तथा इन्धनमा ६ लाख ६० हजार ९९८, चालक ज्यालामा १ लाख ४० हजार, होटेल बास र खानामा १३ लाख ७ हजार ६१९, डिजेलमा ३ लाख ६० हजार ४९९, स्टेसनरीमा २५ हजार ३००, र विविध खर्चमा ७० हजार ८७७ रुपैयाँ खर्च गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको चुनावी खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?