तनहुँको एक  होटेलमा आगलागी, दुई लाख बराबरको क्षति

लोकपथ
35
Shares
फाइल तस्बिर

तनहुँ । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटेलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

होटेल व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?