मध्यपूर्व युद्धको असर : आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने, ७.१ किलोको मूल्य ९५५

लोकपथ
49
Shares

काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ ।

निगमले शुक्रबारदेखि लागू हुने गरी ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री–वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा अवरोध देखिँदा पछिल्लो समय नेपालमा पनि एलपी ग्यासको अभाव हुन थालेको बताइएको छ ।

निगमका अनुसार हालसम्म मागअनुसार ग्यास आपूर्ति गरिँदै आए पनि बजारमा माग अत्यधिक बढेको भन्दै अर्को निर्णय नभएसम्मका लागि आधा सिलिन्डर (७.१ किलो) ग्यास मात्र भरेर वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र आवश्यकताअनुसार मात्रै प्रयोग गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?