एमाले अध्यक्ष ओलीलाई पितृ शोक, ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको निधन

लोकपथ
105
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।

उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ । आजै पशुपति आर्यघाट मा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् । परिवारजन तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?