काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. महावीर पुनमाथि अभद्र व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन् ।
गत फागुन २५ गते पुन पोखराको पृथ्वीचोकमा आफ्नै जीवनमा आधारित पुस्तक बेचिरहेको अवस्थामा एक व्यक्तिले धक्का दिएका थिए । ती गुरुङले पुनलाई सांसद निर्वाचित भइसकेको व्यक्ति किन किताब बेच्न आएको भन्दै आक्रोश व्यक्त गरेका थिए । पूर्वमन्त्री समेत रहेका महावीरले आफूले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक बेच्न आएको बताएका थिए । तर ती व्यक्तिले पुनमाथि अभद्र व्यवहार गर्दै किताब बेचिरहेका पुनलाई थुकेर हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई आज महेन्द्रपुलबाट पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि ३ पटक लागुऔषध मुद्दामा सजाय काटिसकेको व्यक्ति रहेको समेत खुल्न आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया