आकर्षक तलबमा विदेश पठाइदिने भन्दै ठगी, ३ जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ४९ वर्षीया कमला देवी सुनुवार, सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने २९ वर्षीया सविना खड्का, तथा काठमाडौं दक्षिणकाली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं टोखा नगरपालिका–११ बस्ने ४१ वर्षीय अम्बर गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार कमला देवी सुनुवारले आकर्षक तलबमा क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यसैगरी सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएको उजुरी परेको छ । यस्तै अम्बर गुरुङले पनि क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

बेरोजगार युवाहरुलाई विदेश पठाइदिने प्रलोभन देखाएर लामो समयसम्म सम्पर्कविहीन बनेपछि पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?