बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन भएको छ ।

नेकपा एमाले कास्कीमा जिल्ला ईन्चार्ज समेत रहेका थापाको बिहीबार बैठकमा बोल्दा बोल्दै एक्कासी ढलेका थिए । निर्वाचनको समीक्षात्मक बैठकमा उनी बोलिरहेको अवस्थामा अचानक ढलेका थिए ।

उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

गत निर्वाचनमा एमालेले कास्की–२ बाट टिकट दिएको थियो । तर पछि उनको टिकट खोसेर रश्मी आचार्यलाई दिइएको थियो ।

उनको शव मणिपाल अस्पतालमा राखिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?