पोर्चुगलमा नयाँ वर्षका अवसरमा सांगीतिक साँझ हुँदै

लोकपथ
0
Shares

काठमाडौं । पोर्तुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ आयोजना गरिने भएको छ ।

नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र बिप्लप खड्काले विशेष प्रस्तुति दिने भएका छन् । कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो ।

आयोजकका अनुसार पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक साँझ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा गायक सापकोटा र खड्कासँगै पोर्तुगलमै रहेका नेपाली गायक–गायिकाहरूको पनि प्रस्तुति रहने जानकारी दिइएको छ ।

गायक अर्जुन सापकोटाले गाएका ‘झलिको’, ‘पछ्यौरी लिसियो’ र ‘बस्यौ अलक्कै’ जस्ता गीतहरू नेपाली श्रोतामाझ निकै लोकप्रिय छन् । यस्तै, नेपाली गायन रियालिटी शो नेपाली ताराबाट चर्चामा आएका गायक बिप्लप खड्काको प्रस्तुती पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

पोर्चुगलमा रहेका नेपाली समुदायबिच नयाँ वर्षको अवसरमा आपसी भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?