ओलीप्रति एमाले नेता घिमिरेको व्यंग्य– ‘सबै ठिक छ महाराज !’

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एमालेका नेता बासुदेव घिमिरेले पार्टी नेतृत्वप्रति व्यंग्य गरेका छन् ।

निर्वाचनमा एमालेले लजास्पद हार व्यहारेको विषयमा पार्टीभित्र समीक्षा आवश्यक रहेको केही नेताहरुले चर्चा गरिरहेका छन् ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले सबै ठिकठाक चलिरहेको भन्ने जस्ता आशय व्यक्त गरिहँदा नेता नेता घिमिरेले नेतृत्वप्रति ‘सबै ठीक छ महाराज’ भन्दै व्यंग्य गरे ।

‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही–सबै ठीक छ, महाराज,’ उनले भनेका छन् ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण उनी छाड्ने मनस्थितिमा रहेका थिए । तर उपाध्यक्ष विष्णु पौडेल लगायतले रोकेका थिए । उनलाई रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनाएको थियो । तर उनले जमानत समेत जोगाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?