काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अब बन्ने सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले शर्तसहित बालेनको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
नेपालमा गणतन्त्र स्थापनापछि पनि राजतन्त्र र हिन्दूराष्ट्रको मुद्दा बोकिरहेको राप्रपाले सोही मुद्दा सरकारले बोक्ने भए आफूहरुले सघाउन तयार रहेको बताए ।
रास्वपाको अब बन्ने सरकार झण्डै दुई तिहाई बहुमत नजिकको सरकार हुनेछ । १८४ सिट दुई तिहाईका लागि आवश्यक हुने भए पनि रास्वपाको १८२ सिट मात्रै आउने देखिन्छ ।
थापाले बालेनले धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार रहेमा आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ,’ थापाले सामाजिक सञ्जालमा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया