नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बन्न स्वास्थ्यमन्त्रीको आग्रह

लोकपथ
49
Shares

काठमाडौं । स्वास्थ्य मन्त्री डा.सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन् ।

नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

फार्मा एक्स्पोलाई बिहीबार सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन्  ।

हाल नेपालमा करिब ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लूएचओ जीएमपी) प्रमाणपत्र पाएको उने बताइन् ।

आफू विगतमा स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थाहरूलाई उत्पादन बढाउन आग्रह गरेको स्मरण गर्दै उनले उद्योगहरू ‘अन्डर प्रोडक्सन’ (कम उत्पादन) मा बस्न नहुने बताइन् ।

मन्त्री भएर आउनासाथै आफूले एपोन, एनसिडिए लगायतका सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?