जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लोकपथ
98
Shares

महेन्द्रनगर ।  पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताए । ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ, ‘प्रहरी निरीक्षक थापाले भने, ‘मोटरसाइकल चालक र सवारको मृत्यु भए पनि पहिचान खुल्न सकेको छैन् ।’

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?