काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगलाई बुझाएको विवरण अनुसार पौडेलले २३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको देखाइएको छ ।
जसअनुसार मनोनयन दर्ता शुल्क १० हजार रहेको छ । त्यस्तै निर्वाचनमा विभिन्न १४ वटा सवारीसाधन प्रयोग गरेको र त्यसबापत ४ लाख ९० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।
त्यस्तै प्रिटिङ तथा स्टेसनरीका लागि ४७ हजार ९ सय ४० रुपैयाँ रहेको छ । यता फोन तथा मिडिया खर्चका नाममा २ लाख ५५ हजार ७८ रुपैयाँ उल्लेख गरिएको छ । मतदाता भेटघाट तथा सभाका लागि ३ लाख ३९ हजार ९ सय २५ रुपैयाँ, प्रचारप्रसार सामग्रीका लागि ५ लाख ५३ हजार ३ सय ५० रुपैयाँ रहेको छ ।
यसअघि काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पौडेल यो पटक भने पराजित भए । पौडेलले ९ हजार १ सय ५९ ल्याउँदा रास्वपाका सस्मित पोखरेलले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया