काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया