चुनावको मतपरिणामपछि अध्यक्ष ओलीले भने– ‘जनताको मतलाई स्वीकार गर्छु’

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो नतिजा नआएको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद व्यक्त गर्दै ओलीले जनताको मतलाई पूर्णसम्मका साथ स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भनेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो । जनताको मतलाई पूर्णसम्मका साथ स्वीकार्छु ।’

ओलीले सूर्य चिन्हमा मतदान गरेर एमाले पक्षमा उभिएका सबै मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘तपाईँहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईँहरूको साथ नै हाम्रो ताकत हो । हामी जनताकै बिचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।’

निर्वाचनको परिणाम पार्टी पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?