जापान । जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले अघि बढाएका मिसाइल तैनाथी र घातक हतियार निर्यातलाई सहज बनाउने नीतिको विरोधमा मध्य टोकियोमा करिब १० हजार मानिसहरू भेला भएका छन् ।
चिसो मौसमको बाबजुद, प्रदर्शनकारीहरू जापानको राष्ट्रिय डायट संसद भवन बाहिर युद्ध चाहिँदैन र संविधान कुल्चिन बन्द गर लेखिएका प्लेकार्ड बोकेर उपस्थित थिए ।
उनीहरूले देशको शान्तिवादी सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुष्टि गर्दै संविधानको धारा ९ सामूहिक रूपमा पढेर सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया