मकवानपुरमा प्रहरीमाथि बञ्चरो प्रहार, आत्मरक्षाका लागि गोली चलाउँदा एक युवक घाइते

लोकपथ
336
Shares

बागमती । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।

प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले  गए राति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।  

प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?