वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने बताएका छन् । अमेरिकी–इजरायली संयुक्त सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ जारी रहेको अवस्थामा उनले यस्तो बताएका हुन् ।
एक्सियोससँग करिब पाँच मिनेट लामो टेलिफोन संवादमा ट्रम्पले युद्ध छिट्टै टुंगिने दाबी गरेका हुन् । ‘कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ, ‘उनले भने ।
अमेरिका र इजरायलले इरानको मिसाइल क्षमता तथा नौसेनालाई कमजोर पार्ने र आणविक हतियार विकासको सम्भावित मार्ग बन्द गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेका छन् । अभियान सुरु भएको १२औँ दिनसम्म आइपुग्दा इरानका विभिन्न सैन्य संरचनामाथि व्यापक आक्रमण भएको बताइएको छ ।
एक्समा पोस्ट गरिएको भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले फेब्रुअरी २८ देखि तेहरानविरुद्ध सुरु भएको अभियानअन्तर्गत इरानका पाँच हजार पाँच सयभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जानकारी दिएका छन् । तीमध्ये ६० भन्दा बढी जहाजसमेत रहेका छन् ।
‘हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सुरुमा अनुमान गरिएको ६ हप्ताभन्दा कम समयमा नै हामीले धेरै क्षति पुर्याएका छौँ, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया