छुट्टाछुटै स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं ।  देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?