काठमाडौं । काठमाडौंको वायु गुणस्तरमा अझै सुधार देखिएको छैन । पछिल्ला दिनमा अत्यधिक बढेको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ ।
रियल टाइममा वायुको अवस्था मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १८५ पुगेको छ । वायु गुणस्तर सूचकाङ्क १५० भन्दा माथि पुगेमा अस्वस्थ मानिन्छ ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकाङ्कअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ तथा २०१ देखि ३०० सम्म निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि पुगेमा वायु प्रदूषण खतरनाक तहमा पुगेको संकेत मानिन्छ ।
हालको मापनअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये छैटौँ स्थानमा परेको छ । सूचीको पहिलो स्थानमा उज्बेकिस्तान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौँ स्थानमा भारतकै कोलकाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया