रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्री शरीफले दिए बधाई

लोकपथ
49
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्  । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको  बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । 

सन्देशमा उनले पाकिस्तान र नेपालबिचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?