काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।
संघ, प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का ५ जनामा दादुरा सङ्क्रमित पुष्टि भएको छ । उनका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन् ।
१४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब ७ हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया