काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् ।
आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले खर्च बुझाइरहँदा केही उम्मेदवारले अति कम खर्चमा चुनाव सकाएको समेत पाइएको छ ।
भक्तपुर क्षेत्र नं २ मा प्रगतीशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैशी उम्मेदवार रहेका थिए । आँखा चुनाव चिह्न रहेको उक्त पार्टीबाट उम्मेदवार बनेका उनले जम्मा ३० भोट मात्र प्राप्त गरे । सो क्षेत्रमा रास्वपाका राजिव खत्रीले जित्दा उनको जमानत समेत जफत भएको छ ।
तर उनले कुल २४ हजार २ सय ७५ रुपैयाँ मात्रै चुनावमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले १९ हजार २ सय ७५ व्यक्तिगत र ५ हजार रुपैयाँ पार्टीगत सहयोग रहेको समेत उल्लेख गरेका छन् ।
उनका अनुसार स्पिकरको भाडा १३ सय र त्यसलाई ब्याट्री ८० रुपैयाँको लागेको बताएका छन् । त्यस्तै उम्मेदवारको फोटो (फ्ल्याक्स प्रिन्ट) ३ थानको २१ सय रुपैयाँ लागेको खर्च विवरणमा उल्लेख गरेका छन् । त्यस्तै निर्वाचनको अवधिभर ४५ दिनमा उनले स्कुटरका लागि ६ हजार ५ सय ५० रुपैयाँको पेट्रोल हालेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया