नुवाकोटको दुप्चेश्वर गाँउपालिका यसरी हुँदैछ झिलिमिलि

नुवाकोट, २३ कात्तिक — दुर्गम स्थानमा पर्ने नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको घ्याङफेदिमा विद्युत सुविधा पुग्ने भएको छ सडक सञ्जालको समेत पहुँच नभएको घ्याङफेदिमा बुधबार हेलिकप्टरमार्फत २५ के भीकोको ट्रन्सफर्मर किगाङ गाँउमा पु¥याइएको छ दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर १ मा पर्ने किगाङ गाँउमा सो ट्रन्सफर्मर जडान भएसँगै यस आसपासको गाँउले अब अन्धकारबाट मुक्ति पाउनेछन् ट्रन्सफर्मर सो गाँउमा लैजानको लागीदुप्चेश्वर गाँउपालिका का अध्यक्षयोबिन्द्र सिंह तामाङ र वडा अध्यक्ष सुन बहादुर तामाङको विशेष पहल रहेको थियो दुप्चेश्वर गाँउपालिकालाई २०७५ सालभित्र अन्धकारमुक्त बनाइसक्ने योजना रहेको अध्यक्ष योबिन्द्र सिंह तामाङले बताए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?