काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं पूर्व सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गे कारागारमुक्त भएका छन् ।
मनाङ्गे बुधबार डिल्लीबजार कारागारबाट निस्किएका हुन् ।
सर्वोच्चले मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा कारागारको सजाय सुनाएको थियो । २०६१ साल वैशाखमा मिलन गुरुङ उर्फ मिलन चक्रेको हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा सर्वोच्चले सजाय सुनाएको थियो ।
सोही मुद्दामा मनाङ्गेले पाउनुपर्ने सजाय काटेपछि आज कारागारमुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया