सुनको मूल्य दुई दिनमै बढ्यो झन्डै ६ हजार, कतिमा भइरहेको छ कारोबार ?

लोकपथ
91
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढ्दा चाँदीको भने स्थिर रहेको छ ।

आज बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ, जुन मूल्य मंगलबारको भन्दा दुई हजार रुपैयाँले बढी हो । मंगलबार पनि सुन सोमबारको तुलनामा प्रतितोला तीन हजार आठ सय रुपैयाँले बढेको थियो ।

चाँदी आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?