काठमाडौं । नेपाल वायुसेवा निगमले मध्यपूर्वमा बढ्दो तनावका कारण प्रभावित नेपाली यात्रुका लागि काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको व्यवस्था गरेको छ ।
निगमका अनुसार आज राति ११ बजे काठमाडौंबाट दुबई उडान हुनेछ भने दुबईबाट फर्किने उडान भोलि बिहान ४:१० बजे स्थानीय समयअनुसार सञ्चालन हुनेछ ।
फेब्रुअरी २८ देखि मार्च ९ सम्मका लागि टिकट बुक गरेका र यात्रा गर्न नसकेका यात्रुले यस विशेष उडानमा सहभागी हुन सक्नेछन् ।
टिकट प्रमाणीकरणका लागि निगमले यात्रुलाई इमेलमार्फत जानकारी पठाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया