समानुपातिक मतगणना जारी : रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो र एमाले तेस्रो

लोकपथ
504
Shares

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ ।

 निर्वाचन आयोगको पछिल्लो विवरण (बुधबार बिहान २ बजे) अनुसार हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ । पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ ।

यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९७४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एकालेले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा देखिएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?