रास्वपाको समानुपातिकमा ५० लाख कटेपछि प्रकाश सपुत आफैँ चकित !

लोकपथ
357
Shares

काठमाडौं । गायक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको भन्दै खुसी साटेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सपुतले रास्वपाले समानुपातिकमा ५० लाख भन्दा बढी मत ल्याएको भन्दै खुसी व्यक्त गरे ।

उनले आफ्नै लयमा ‘के लाउनी रैछर जनता जागेसी’ भन्दै अन्य दलमाथि सांकेतिक रुपमा व्यंग्य गरे ।

‘के लाउनी रैछर जनता जागेसी ! ५० लाख प्लस समानुपातिक मत,’ उनले भनेका छन् ।

गायनको क्षेत्रमा चर्चा कमाएका उनलाई रास्वपाले समानुपातिक सूचीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?