समानुपातिकमा कांग्रेसले कटायो १७ लाख मत, कुन दलको कति ?

लोकपथ
504
Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्म १ करोड ५ लाख १४ हजार २ सय ५८ मतको गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अग्रस्थानमा रहेको छ ।

हालसम्म रास्वपाले ५० लाख ४० हजार ५ सय २२ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ७ हजार ७ सय ३४ मत प्राप्त गर्दा नेकपा एमाले १४ लाख २४ हजार ८ सय १२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७ लाख ७६ हजार ४ सय २८ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४ सय ६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २६ हजार ६ सय २ मत प्राप्त गरेको छ ।

मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले भने थ्रेसहोल्ड पनि कटाउन सकेको छैन । जसपा नेपालले हालसम्म १ लाख ६७ हजार ५६ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?