विपिन आचार्यको चुनावी खर्च १६ लाख

लोकपथ
84
Shares

काठमाडौं । दाङ क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार उनले निर्वाचन प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार मतदाता नामावली छपाइ तथा प्रिन्टका लागि ३४ हजार ५२ रुपैयाँ खर्च गरिएको छ भने सवारी साधन तथा ढुवानीमा १५ दिनको अवधिमा ३ लाख ५९ हजार ३५० रुपैयाँ खर्च गरिएको छ । त्यस्तै प्रचार–प्रसार सामग्रीमा ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च गरिएको छ ।

त्यसैगरी गोष्ठी, अन्तरक्रिया तथा सभाका लागि २ लाख १४ हजार ५५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । छाप तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ खर्च गरिएको छ भने कार्यालय सञ्चालन खर्चतर्फ १ लाख ९६ हजार ३०० रुपैयाँ खर्च भएको छ । साथै प्रतिनिधि तथा स्वयंसेवक परिचालनका लागि १ लाख ८९ हजार ६८० रुपैयाँ खर्च भएको विवरण पेश गरिएको छ ।

निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता बमोजिम उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था अनुसार उक्त विवरण पेश गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?