चन्द्र भण्डारीले बुझाए चुनावको खर्च विवरण

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी (चन्द्र भण्डारी) निर्वाचन खर्च बुझाएका छन् ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले २४ लाख ६५ हजार रुपैयाँ खर्च भएको निवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले बुझाएको विवरणअनुसार प्रचार प्रसार सामाग्री छपाईमा ४ लाख खर्च भएको उल्लेख छ ।

मिडिया प्रचार खर्चमा १ लाख भएको विवरणमा उल्लेख छ । यसैगरी सभा तथा कोण सभा भन्ने शीर्षकमा १ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण छ ।

यसैगरी सवारीसाधन तथा इन्धनमा २ लाख, निर्वाचन कार्यलय सञ्चाल खर्चमा ६ लाख ९० हजार, स्वयंमसेवक तथा कार्यकर्ता व्यवस्थापनमा ३ लाख, प्रचार सामाग्री ढुवानी तथा वितरणमा २ लाख, पोटो भिडियो तथा डिजाइन खर्चमा ७५ हजार, मतदाता भेटघाट कार्यक्रममा ३ लाख र अन्य विविध निर्वाचन भन्ने शिर्षकामा २५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?