काठमाडौं । फागुन २१ को निर्वाचनको प्रत्यक्षतर्फको एक स्थान बाहेक सबै स्थानको मत परिणाम सार्वजनिक भएको छ । यता समानुपातिकतर्फको मत परिणाम आउने क्रम जारी रहेको छ ।
हालसम्म ९८ लाख ५७ हजार ६ सय ७३ मतको गणना भइसकेको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
रास्वपाले हालसम्म ४७ लाख ४७ हजार ५ सय ६३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १५ लाख ९५ हजार १ सय ६४ मत प्राप्त गर्दै दोस्रो हुँदा नेकपा एमाले तेस्रो भएको छ । नेकपा एमालेले हालसम्म १३ लाख ३० हजार ४ सय म१० मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख १८ हजार ४ मत प्राप्त गर्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख ३८ हजार ५ सय ८८ मत प्राप्त गर्दै आफूलाई राष्ट्रिय पार्टीको रुपमा दर्ज गरेको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख १२ हजार २ सय ७ मत प्राप्त गरेको छ । हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया