काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।
अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रावलले आयोगमा बुझाएको विवरणअनुसार आफ्नो चुनावी खर्च झण्डै १२ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
सोमबार जिल्ला निर्वाचन कार्यालय अछाममा उनले बुझाएको खर्च विवरणमा विभिन्न शीर्षकमा ११ लाख ९९ हजार ६२७ रुपैयाँ खर्च भएको जनाइएको छ ।
उक्त खर्चमध्ये सवारी भाडा तथा इन्धनमा ५ लाख ८३ हजार ७५२ रुपैयाँ, निर्वाचन कार्यालय व्यवस्थापन सामग्रीमा ६३ हजार ७४५ रुपैयाँ, झण्डा सिलाइमा १ हजार ९५० रुपैयाँ, छपाइमा २ लाख ३७ हजार ६३० रुपैयाँ, स्टेसनरीमा ३८ हजार ६५० रुपैयाँ, साउण्ड बक्स तथा माइकजस्ता सामग्रीमा १४ हजार ४ सय २५ रुपैयाँ तथा खाना र आवासमा २ लाख ५९ हजार ४७५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका रावल उक्त निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया