प्रत्यक्षतर्फ ४ क्षेत्रको नतिजा आउँन बाँकी, कहाँ को अगाडि ?

लोकपथ
847
Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब प्रत्यक्षतर्फ केवल ४ क्षेत्रको नतिजा आउँन बाँकि छ । धनुषा १, गोरखा १, संखुवासभा १ र इलाम १ को नतिजा आउँन बाँकी छ । गोरखा १ मा रास्वपाका सुदन सुरुङ अगाडी छन् भने उनलाइ नेपाली कांग्रेसका उम्मेदवारले पछ्याईरहेका छन् ।

संखुवासभा १ मा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की अगाडी छन् भने उनलाई रास्वपाका उम्मेदवार मिङमा शेर्पाले पछ्याइरहेका छन् । इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई अगाडी छन् भने उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ्ग लिम्बु पछ्याई रहेका छन् ।

धनुषा १ मा निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साह कमल उम्मेदवारी खारेज गरिदिएको थियो । सो विरुद्द किशोरी अदालत गएकोले अदालतको आदेश नआउँदासम्म मत परिणाम सार्वजनिक नगर्न नगराउँन निर्वाचन आयोगले निर्देशन दिएको छ । यस क्षेत्रमा रास्वपा कै उम्मेदवार अगाडी छन्, तर उनको उम्मेदवारी खारेज गर्ने निर्णय कायम रहेमा भने यहाँ नेकपाका उम्मेदवार मातृका प्रसाद यादवको १० हजार ४०३ मत छ । नेकपा उम्मेदवार यादवले भने आफूलाई विजयी घोषणा गर्न दबाब दिइरहेका छन् ।

हालसम्म रास्वपाले १२४ सिट, कांग्रेसले १७ सिट, एमालेले ८ सिट, नेकपाले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राप्रपाले १ सिट जितेको छ । म्यादीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुदाँ हालसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?