काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज -नेप्से_ मा कारोबार सुरु भएको एक मिनेटमै सकारात्मक सर्किट लागेको छ ।
कारोबार सुरु हुनेबित्तिकै नेप्से ४ प्रतिशतले बढ्दै १०८.६० अंकले उकालो लागेको हो । यससँगै नेप्से सूचक २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ ।
प्रारम्भिक कारोबारमा करिब १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
४ प्रतिशतको वृद्धि भएसँगै नियमानुसार बजार २० मिनेटका लागि बन्द गरिएको छ । कारोबार पुनः खुल्ने समयपछि मात्रै थप गतिविधि अगाडि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया