काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उछिनेको छ ।
हालसम्म ८१ लाख ५९ हजार २ सय ३३ मतको गणना हुँदा माटो चुनाव चिह्न भएको श्रम संस्कृति पार्टीले २ लाख ८५ हजार १ सय ९१ मत प्राप्त गरेको छ ।
यता हलो चुनाव चिह्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७२ हजार ५ सय ९६ मत प्राप्त गर्दा पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ लाख मत ल्याएको छ । रास्वपाले हालसम्म ३९ लाख ३६ हजार ५ सय ३८ मत प्राप्त गरेको छ ।
यता नेपाली कांग्रेसले ३ गुणा कम अर्थात् १३ लाख २५ हजार ९ सय २६ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले ११ लाख २४ हजार ४ सय ७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७८ हजार १ सय ८९ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया