इलाम–१ मा कांग्रेसका निश्कलको अग्रता, पछ्याउँदै माटो

लोकपथ
812
Shares

काठमाडौं । इलाम क्षेत्र नं १ को मतगणना अझै जारी रहेको छ । जारी मतगणनामा नेपाली कांग्रेसको उम्मेदवार निश्कल राईले अग्रता कायम गरेका छन् । राईले यो समाचार तयार पार्दासम्म १० हजार ८ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनलाई माटो चुनाव चिह्न रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले पछ्याइरहेका छन् । लिम्बुले १० हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ९ हजार ९ सय ९८ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । उक्त क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को कमजोर प्रस्तुती देखिएको छ । जहाँ रास्वपाका उम्मेदवार विमल दगालले ६ हजार ७ सय ५८ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा यसअघि एमालेका कागतेले अग्रता बनाएका थिए भने श्रम संस्कृतिका लिम्बुले समेत अग्रता बनाएका थिए । दुवैलाई उछिनेर अहिले कांग्रेसले अग्रता बनाउँदा त्यहाँको गणना रोचक बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?