काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना जारी रहेको छ ।
जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले अग्रता कायम गरेका छन् । गुरुङले ९ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ८ हजार २ सय ४५ मत प्राप्त गरेका छन् ।
यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले ४ हजार ७९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछाने (आरसी लामिछाने) ले १ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया