सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

लोकपथ
406
Shares

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।

आइतबार मध्यान्ह १२ बजेको समयमा बलरा–४ स्थित स्कर्पीयो गाडीमा रहेका बेला पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका नेता सिन्हामाथि आक्रमण भएको हो ।

कांग्रेसका स्थानीय नेता नवीन कुशहवाले दिएको जानकारी अनुसार डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले आक्रमण गरेका थिए ।

ती नेताका अनुसार सिन्हाको गाडीमा सिधै ताकेर इट्टा प्रहार गरिएको थियो ।

नेपाली कांग्रेस सर्लाहीले भने हालै सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित डा. अमरेशकुमार सिंह निकटका व्यक्तिहरुले आक्रमण गरेको आरोप लगाएको छ ।

सिन्हामाथि अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको आरोप लगाइएको छ ।

आक्रमणबाट घाइते भएका डा. सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा हात र शरीरका विभिन्न भागमा चोट लागेको घाइते सिन्हाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?