काठमाडौं । कैलाली क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् ।
खनाल भारी मतान्तरसहित नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीलाई पराजित गरेका हुन् ।
खनालले १९ हजार ५७ मत प्राप्त गरेर निर्वाचित हुँदा नाउपाका चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ र नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नन्दबहादुर साउँदले ४ हजार ३ सय ६९ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया